स्वास्थ्य र शिक्षा क्षेत्रको विकास नभई राष्ट्रको विकास असम्भव : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास नभई राष्ट्रको विकास सम्भव नभएको बताएका छन्।

राष्ट्रिय जनसंख्या सम्मेलन, २०८० लाई काठमाडौंमा सम्बोधन गर्दै उनले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास भौतिक निमार्णसँग नभई मानवीय संवेदनासँग जोडिएको बताए। मानवीय संवेदनालाई सम्बोधन नगरी भौतिक विकासले मात्रै देश विकास भएको मान्न नसकिने उनको तर्क छ।

यस्तै उनले तीव्र सहरीकरणका कारण सहरी सुविधाहरू बढाउन र विकासको ढाँचामा परिवर्तन गर्न आवश्यक देखिएको भन्दै जनसंख्या व्यवस्थापनमा सबै तहका सरकार तथा गैरसरकारी क्षेत्रको समन्वय र सहकार्य आवश्यक भएको बताए।

उनले जनसंख्याको सन्तुलन, व्यवस्थापन र विकास गर्न नसकिए र विकासका कार्यक्रमहरू दुर्गम बस्तीमा पुर्‍याउन नसकिए समस्या समाधान नहुने भन्दै विपन्न वर्गलाई बढी लक्षित गरेर काम गर्दा देशभरका दातृ संस्थाहरू सहयोग गर्न तयार हुने बताए।

हिजोको पुरातन शैलीभन्दा पनि नयाँ कार्ययोजना बनाएर कसरी अगाडि बढ्ने भन्ने कुराको निष्कर्ष सम्मेलनले निकाल्ने विश्वास लिएको पनि उनले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर