मुलुकलाई विदेशीको क्रीडास्थल बनाउन खोजियो : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई विदेशीको क्रीडास्थल बनाउन खोजिएको भन्दै आक्रोश पोखेका छन्।

काठमाडौंमा समाजवादी सहकारी संगठनको प्रथम स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा उनले दुईतिरका ठूला छिमेकीले पनि आ-आफ्नो स्वार्थ स्थापनाको प्रयास गरेको र एउटा टाढाको देशले नेपालीको आस्थालाई किन्ने कोसिस गरिरहेको आरोप लगाए।

‘अहिले पनि हाम्रो देशमा अमेरिकी सेना आएर ट्रेनिङ गरिरहेको छ। यो कार्यक्रम भइरहदाँ पनि। घनिभूत रूपले त्यो प्रकारको जुन अवस्था सिर्जना हुँदैछ, यो सुखद् कुरा होइन,’ उनले भने।

उनले नेपाललाई विभिन्न कारणले प्रयोग गर्ने प्रयास अन्य देशहरूले गरिरहेको बताए। ‘हाम्रो देशलाई विभिन्न कारणले प्रयोग गर्न खोजिँदै छ।’ उनले भने, ‘यो शान्त देश, यो बुद्धको देश, तपाईं हामी सबै शान्तिप्रिय जनता हौं। हामी शान्ति चाहन्छौं। हामी कसैसँग लड्न चाहदैनौं। हामी हाम्रो देशलाई स्वतन्त्र राख्न चाहन्छौं। सार्वभौमसत्ता सम्पन्न बनाउन चाहान्छौं। हिजो गरिएका असमान सन्धि पनि हामी रद्द गर्न चाहन्छौं।’

उनले एमसीसी नेपालको निधारमा लगाइएको कलंकको टीका भएको टिप्पणी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर