राजनीति सत्ता र शक्तिको साधन मात्रै होइन : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिलाई सत्ता र शक्तिको साधन मात्रै ठान्न नहुने बताएका छन्।

आज भक्तपुरमा आयोजित गणेशमान सिंहको प्रतीक अनावरण समारोहमा उनले राजनीतिलाई सत्ता र शक्तिको साधन नभई राष्ट्र निमार्णको लागि जीवन समर्पित गर्ने कर्म हो भनेर वर्तमान र भावी पुस्तासम्म पुर्‍याउनुपर्ने बताएका हुन्।

स्वर्गीय सिंहको जीवन दर्शनको सन्देश नै निष्ठाको राजनीति भएको बताएका उनले भने, ‘त्याग, आदर्श र निष्ठाको राजनीतिलाई मन, वचन र कर्मले गणेशमान सिंहले निर्वाह गर्नुभएको काम सबैका लागि प्रेरणा बन्ने छ।’

कठिन समयमा पनि लोकतन्त्रको पक्षमा उभिएका सिंहकै जीवनबाट आफूहरूलाई पनि क्रान्तिमा लाग्न र लोकतन्त्रका पक्षमा लड्न प्रेरणा मिलेको उनको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *