पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउन कांग्रेस महामन्त्री थापाको प्रस्ताव

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संकल्प, उत्साह, एकता र रूपान्तरण विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर फ्लोरबाटै सरकारलाई समर्थन गर्नुपर्ने प्रस्ताव गरेका हुन्।

अबको अढाइ वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिनुपर्ने उनको भनाइ छ।

‘नेकपा माओवादी, जसपा, एकीकृत समाजवादीलगायत मिलेर समाजवादी मोर्चा बनाउनुभएको छ। यो दुई-अढाइ वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ। पहिले प्रचण्डजी र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने छ,’ उनले भने ‘उहाँहरूको एकै मोर्चा समाजवादी र पार्टी एकै बनाउने भन्नुभएको छ। मलाई लाग्छ कि कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऔं, अढाइ वर्ष उहाँहरूलाई चलाउन दिऔं। हामी फ्लोरबाट समर्थन गरौं।’

उनले अहिलेको सरकार कसको हो भन्ने प्रश्न उठेको भन्दै यसो हेर्दा सरकारमा सबै भए पनि जवाफ दिने बेला कसैले नदिने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर