ओखलढुंगामा आगलागीमा परी एक महिलाको मृत्यु

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७, हर्कपुरमा जलेर एक महिलाको मृत्यु भएको छ ।

भान्सा कोठाको चुल्होमा डिजेल प्रयोग गरी आगो बाल्ने क्रममा सोमबार साँझ आगला गी हुँदा ३३ वर्षीया कमला गौतमको घटनास्थलमै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी हर्कपुरबाट खटिएको टोलीले स्थानीयको सहयोगमा आगो निभाएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर