गुटेरेसको सुरक्षार्थ खट्दा लेक लागेर मृत्यु भएका असई ढुंगानालाई सलामीसहित श्रद्धाञ्जली

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण बेसक्याम्पमा खट्दा लेक लागेर मृत्यु भएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको पार्थिव शरीरमा प्रहरीले शोक सलामीसहित श्रद्धाञ्जली अर्पण गरेको छ।

बुधबार लेक लागेर मृत्यु भएका प्रहरी चौकी घान्द्रुक, कास्कीमा कार्यरत असई ढुंगानाको पार्थिव शरीरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्रांगणमा शोक सलामीसहित श्रद्धाञ्जली अर्पण गरिएको हो।

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरी, नेपाल प्रहरी प्रदेश कार्यलय, पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शनप्रसाद कोइरालाले उनको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाउनुका साथै पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका थिए।

उक्त श्रद्धाञ्जलीसभामा प्रहरी ब्याण्डसहितको एक टुकडीले शोक सलामीसमेत अर्पण गरेको थियो।

असई ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकोप्टरबाट अन्नपूर्ण आधारशिविर पुगेका थिए। गुटेरेस हेलिकोप्टरमा फर्किएपछि ढुंगाना गाउँपालिका अध्यक्ष विष्णु केसीलगायतसँग हिँडेर फर्किँदै थिए।

हिमालय भन्ने ठाउँमा बास बसेका ढुंगानालाई बिहान श्वासप्रश्वासमा समस्या भएपछि हेलिकोप्टरमा पोखरामा लगिएको थियो।

तर, पोखरा पुर्‍याउने बित्तिकै उनलाई चकित्सकले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *