भोलिदेखि भृकुटीमण्डपमा जगदम्बा मोटर्सको ‘महाएक्स्चेञ्ज महोत्सव उमंगै उमंगको’

नेपालका लागि टीभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘महाएक्स्चेञ्ज महोत्सव उमंगै उमंगको’ आयोजना गर्न लागेको छ ।

‘महाएक्स्चेञ्ज महोत्सव उमंगै उमंगको’ महोत्सव काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि शनिबारसम्म आयोजना हुने कम्पनीले जानकारी दिएको छ । महोत्सवकै माध्यमबाट कम्पनीले आपाचे आरटीआर १६० फोरभी एफआई सई पनि सार्वजनिक गर्ने कम्पनीले तयारी गरेको छ ।

सवारी साधनमा उत्कृष्ट गुणस्तरको प्रतिबद्धता र उत्कृष्ट उपभोक्ता अनुभवका लागि परिचित जगदम्बा मोटर्सले महाउत्सवका रूपमा मनाउन महोत्सवको आयोजना गर्न लागेको हो । ‘महाएक्स्चेञ्ज महोत्सव उमंगैउमंगको’ महोत्सवमा उपभोक्ताले कुनै पनि ब्राण्डका पुराना बाइक वा स्कुटरको एक्स्चेञ्ज गर्दा विभिन्न सुविधा तथा अफरहरू हात पार्न सक्नेछन् ।

उपभोक्ताले मेलामार्फत आफ्ना पुराना बाइक वा स्कुटरको एक्स्चेञ्ज गर्दा ५० हजार रूपैयाँसम्मको एक्स्चेञ्ज भ्यालु एडिसन, नकिन्दा १ लाख र किन्दा ५ लाख रूपैयाँसम्मको क्यास डिस्काउन्ट साथै बम्पर उपहारमा १० लाख रूपैयाँ नगद जित्ने अवसरसमेत प्राप्त गर्नेछन् ।

साथै २५ प्रतिशतसम्मको न्यून डाउन पेमेन्ट, हेल्मेट, बाइक कभर र ब्यागलगायत फ्री एक्सेसरिजको स्विधा पनि महोत्सवमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीकाअनुसार यीलगायत सम्पूर्ण सुविधाका साथै शून्य प्रतिशत ब्याजदरमा नयाँ बाइक खरिद गर्ने अफर पनि महोत्सवमा उपलब्ध हुनेछ ।

‘महाएक्स्चेञ्ज मेला उमंगै उमंगको’ ले नयाँ सवारी सार्वजनिका साथै आकर्षक एकस्चेञ्ज अफरसँगै उपहारहरूको पनि व्यवस्था गरेको छ । मोटरसाइकलका पारखीहरूले यो अवसर छुटाउनै नहुने कम्पनीको भनाइ छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएससले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रूचाइएको टु-ह्विलर ब्राण्डका रूपमा स्थापित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *