भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरूले दर्ता गराएको मुद्दाको सुनुवाइ ५ मंसिरमा

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं ठगी गरेको आरोपमा पक्राउ परेर हाल पुर्पक्षका लागि थुनामा रहेकाहरूले दर्ता गरेको मुद्दाको सुनुवाइ मंसिर ५ गते हुने भएको छ।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दामा धेरै कानुन व्यवसायी रहेकाले मंसिर ५ का लागि पेसी तोक्ने आदेश गरेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) का नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण १८ जना पुर्पक्षका लागि थुनामा छन्।

काठमाडौं जिल्ला अदालतले थुनामा पठाएपछि त्यसविरूद्ध थुनामा रहेकाहरूले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *