यो सरकारबाट विकासको सपना देख्न सकिँदैन : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट विकासको सपना देख्न नसकिने बताएका छन्।

पार्टीको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राबारे आइतबार सञ्चारकर्मीसँग संवाद कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन्।

अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैली, कुशासनको चक्रव्यूह, भ्रष्टाचार र कमिसनतन्त्रका बीच विकासको सपना नदेख्न नसकिने बताए। उनले मुलुकमा सुशासन दिने शासक चाहिने बताए।

‘वास्तवमा यही सरकारबाट, यही कार्यशैलीबाट, यही तारिकाबाट, यही कुशासनको चक्रव्यूहभित्र, यही भ्रष्टाचार र कमिसनतन्त्रका बीचमा विकासको सपना देख्न सकिँदैन,’ उनले भने, ‘र, हामीले गरिरहेको संकल्प भनेको यसै शासनको निरन्तरता सधैं हुन्छ भन्ने होइन। सुशासन चाहिन्छ। सुशासन दिने शासक चाहिन्छ। त्यसपछि वास्तवमा खास देशको विकास हुन्छ।’

अध्यक्ष ओलीले राष्ट्र र जनताको हितका पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने कुरा पनि जनताको बीचमा संकल्प गरेको बताए

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *