रिहा भए सीके राउतसहित जनमत पार्टीका नेता-कार्यकर्ता

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै नेपाल प्रहरीले नियन्त्रणमा लिएका जनमत पार्टीका अध्यक्ष सीके राउत र सो पार्टीकी नेता एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसहितका नेता-कार्यकर्ता रिहा भएका छन् ।

प्रतिनिधिसभाका सदस्यसमेत रहेका राउतसहित सो पार्टीका ६३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूले काठमाडौँको नयाँ बानेश्वरबाट माइतीघरतर्फ पदयात्रा गरिरहेका बेला निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिई नेपाल प्रहरी क्लबमा राखेको थियो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायाणकाजी श्रेष्ठले सो क्लबमा आफैँ पुगी अध्यक्ष राउत, मन्त्री अनिता देवी र प्रदर्शनमा सहभागी सबैलाई रिहा गर्न आदेश दिएको गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले निषेधित क्षेत्रमा प्रदर्शन गर्न नमिल्ने भएकाले काठमाडौँ प्रहरी परिसरले उनीहरूलाई नियन्त्रणमा लिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *