नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक बिहिवारदेखि काठमाडौंमा बस्दै, यस्ता छन् एजेण्डा

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक भोलि बिहीबार र पर्सि शुक्रवार काठमाडौंमा बस्दैछ । नेपाल-भारत सम्बन्धको समीक्षा र त्यसलाई सुमधुर बनाउनका लागि बैठक बस्न लागेको हो । त्यसका लागि भारतीय विदेशमन्त्री डा. एस जयशंकर सहितको टोली भारतीय वायुसेनाको विशेष विमानमार्फत भोली बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

झन्डै तीन वर्षको अन्तरालपछि बैठक बस्न लागेको हो । दुवै देशको संयुक्त आयोगको अन्तिम बैठक २०२१ काे १५ जनवरीमा नयाँ दिल्लीमा भएको थियो। पछिल्लो बैठकमा दुवै पक्षले कोभिड-१९ को खोपको आपूर्ति, सीमा तथा सीमा व्यवस्थापन, कनेक्टिभिटी र आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षालगायत द्विपक्षीय सम्बन्धका सम्पूर्ण स्पेक्ट्रमको समीक्षा गरेका थिए।

बिहिवारदेखि हुने बैठकमा बाणिज्य  र कृषि मन्त्रालय यस्ता छन् एजेण्डा

दुवै देशबीच रहेको वाणिज्य सन्धि पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सहसचिव स्तरीय समिति बनाउने प्रयास

कृषिजन्य उत्पादनमा एक अर्काको देशमा कर नलगाउने प्रावधान खारेज गरेर नेपालले भारतको कृषिजन्य वस्तुको आयातमा कर लगाउन सक्ने प्रस्ताव गरेको छ

भारतबाट नेपालमा आयात हुने कृषि उत्पादन वस्तुहरूमा नेपालको तर्फबाट कस्टम ड्यूटी लगाउन सक्ने प्रस्ताव

नेपाली उत्पादन निर्यातमा भारतले लगाएको कोटा प्रणालीलाई हटाउनु पर्ने प्रस्ताव

३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै नेपालले भारतमा निर्यात गर्न पाउने विद्यमान व्यवस्था संशोधन गर्दै त्यसलाई २० प्रतिशत बनाउने प्रस्ताव

भारतले जुट लगायतका सामग्रीमा लगाउंदै आएको एंटी डम्पिंग ड्यूटी हटाउनु पर्ने प्रस्ताव

नेपाल र भारतले एक–अर्काका गुणस्तरसम्बन्धी प्रमाणपत्रले मान्यता पाउनु पर्ने प्रस्ताव

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर