घट्यो पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितलेकाे मूल्य प्रतिलिटर एक-एक रूपैयाँ घटाएको छ ।

सोमबार इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार बिहान १ बजेदेखि लागू हुने गरी नेपाली बजारमा पनि मूल्य घटाएको हाे ।

योसँगै अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६३.५० र डिजेलको मूल्य १५३.५० रूपैयाँ कायम भएको छ ।

यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेल र मट्टितलेकाे मूल्य १५५ रूपैयाँ कायम भएको छ भने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेल र मट्टितलेको मूल्य १५६ रूपैयाँ कायम भएको निगमले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *