आईसीसीले श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको प्रतिबन्ध फुकुवा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बोर्डले श्रीलंका क्रिकेटमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ । यसअघि आइसिसी सदस्यको रूपमा आफ्नो दायित्वको गम्भीर उल्लङ्घन गरेको कारण नोभेम्बरमा निलम्बन गरिएको थियो।

आइसिसीले श्रीलंका क्रिकेटमाथि राजनीतिक हस्तक्षेप भएको समेत बताएको थियो। क्रिकेट श्रीलंकाका पदाधिकारी र खेलकुदमन्त्री रोशन रणसिङ्घेबीच एक वर्षदेखि विवाद चल्दै आएको थियो।

मन्त्रीले क्रिकेट बोर्डमा भ्रष्टाचार र अव्यवस्थाको आरोप लगाएका थिए। जसका कारण मन्त्रालयले क्रिकेट श्रीलंकालाई बर्खास्त गरेको थियो।आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा भारतसँगको लज्जास्पद हारको केही दिनपछि मन्त्री रोशन रणसिङ्घेले बोर्डलाई बर्खास्त गरेका थिए।

त्यसपछि श्रीलंकाको सन् १९९६ विश्वकप विजेता कप्तान ५९ वर्षीय अर्जुना रणतुङ्गालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरिएको खेलमन्त्रीको कार्यालयले जनाएको थियो। यसलाई सरकारी हस्तक्षेप भन्दै आइसिसीले क्रिकेट श्रीलंका नै निलम्बन गरिदिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *