एसीसी वुमन्स प्रिमियर कप : नेपालको लगातार दोस्रो जित

नेपालले एसीसी वुमन्स प्रिमियर कपमा आइतबार भुटानलाई हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।

मलेसियामा जारी प्रतियोगितामा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको हो ।

भुटानले दिएकाे ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍‍यो ।

नेपालका लागि ओपनर सीता रानामगरले ३७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३२ रनमा नट आउट रहिन् । यस्तै रुविना क्षेत्री २४ बलमा १ चौका र १ छक्कासहित १७ रनमा अविजित रहिन् ।

ओपनर कविता कुँवर ५ र कप्तान इन्दु बर्मा १ रन बनाएर आउट भइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *