अहिले गरिब र विपन्नहरुले उपचार पाउने क्रम बढेको छ : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिब र विपन्नहरुले उपचार पाउने क्रम बढिरहेको दाबी गरेका छन्।

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल सेवा बिस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘निःशुल्क उपचार गरिदिनुपर्यो भन्नेकुरा नेतादेखि लिएर धेरै खालका मानिसले भन्न आउँछन्। निःशुल्क कसरी गर्ने ? त्यसका लागि चाहिने उपकरण, अरु खर्च कसरी धान्ने र त्यो असपतालमा त्यो रकम छ की छैन, त्यो खालको सुविधा दिनलाई भन्नेमा साँच्चै भन्दा अमुक छ। तर संविधानमा लेखिसक्यौँ, शिक्षा र स्वास्थ्य नेपाली नागरिकहरुको मौलिक अधिकार हो। भाषण गर्दा हामी थाक्दैनौँ। तर त्यो कसरी गर्ने भन्ने थाहा छैन। म आएपछि केही व्यवस्थित गरेका छन्। अस्पताल इक्वीपमेण्टहरु खरिदका लागि सरकारले भन्सार छुट दिएको छ। त्यो सुविधा दिएबापत उहाँहरुले पनि सम्बन्धित अस्पतालहरुले सहयोग गर्नुपर्ने हो, सहयोग गरेको अवस्था थिएन। यसलाई हामीले अलि व्यवस्थित गरेका छाँै। अहिले सातै वटा प्रदेशमा स्थानीय सरकार, प्रादेशिक सरकार र संघ सरकारको पहलमा धेरै कार्यक्रमहरु गर्दै हिँडेका छौँ। प्रादेशिक अस्पतालका जनरल बेडहरु सबै निःशुल्क भएका छन्। अहिले गरिव विपन्नहरुले उपचार पाउने क्रम अलि बढिरहेको छ। संविधानमा लैख्ने एउटा कुरा, चाहे शिक्षा वा स्वास्थ्य होस्। त्यो कार्यान्वयन हुनुपर्छ। अब उप्रान्त पैसा नभएको र गरिव कुलमा जन्मिएका कारणले स्वास्थ्य उपचार नपाएर कोही नेपाली मर्दैनन्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर