तराईमा तस्करको सञ्जाल छैन : महानिरीक्षक अर्याल

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले तराईमा तस्करको सञ्जाल नभएको बताएका छन्। बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरीक्षक अर्यालले तराईमा तस्करको सञ्जाल नभएको बताएका हुन्।

उनले कोही व्यक्ति विशेषले गरेको भए पनि सञ्जालकै रुपमा भने तस्करी नभएको बताए। त्यस्तो सञ्जाल भेटेमा तुरुन्तै काट्ने भन्दै उनले सीमामा सशस्त्र प्रहरीको पोष्ट राख्नका लागि जग्गा नै नदिइने गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

सरकारले राष्ट्रिय गौरवको आयोजनाकै रुपमा लिएर सीमानामा सशस्त्र प्रहरी बलको पोष्ट राख्नुपर्ने बताए।

उनले भने– ‘बोर्डर आउटपोष्ट स्टार्टटेजिक पोइन्टमा हुनुपर्छ। त्यसको लागि जग्गा प्राप्ति गर्नलाई र भवन बनाउनलाई नेपाल सरकारले एउटा नीति बनाएर, एउटा राष्ट्रिय गौरवको योजना नै बनाएर जान सकियो भने सजिलो हुन्छ। बोर्डरमा सशस्त्र प्रहरीलाई जग्गा दिने प्रवृत्ति अलि कम भएको छ। टाइट भएको छ अहिले त्यसैले नभएको जाति भन्ने परेको छ। त्यसको लागि हामीले जनताको मन पनि जित्नुपर्नेछ। सुरक्षा पनि दिनुपर्नेछ। अहिले तराईमा तस्करको सञ्जाल छैन। व्यक्ति विशेषले हाम्रो समाज, राजनीतिक कार्यकर्ता, स्थानीय निकायमा व्यक्ति विशेषले भ्रष्टाचार गर्ला। तस्करी गर्ला। सञ्जालको रुपमा तस्करी नभएको कुरा जिम्मा लिएरै अवगत गराउन चाहेँ।’

उनले कानुन व्यवहारिक हुन नसक्दा सर्वसाधारणहरु कानुनी कारबाहीको दायरामा पर्ने गरेका बताए। उनले आफूहरुले व्यवहार हेरेर भन्दा पनि कानुन हेरेर अगाडि बढ्नुपर्ने भन्दै व्यवहारिक कानुन नहुँदा समस्या पर्ने गरेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर