राष्ट्रिय बक्सिङमा सुस्मा र अस्मिता अन्तिम चारमा

लुम्बिनी प्रदेशकी सुस्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा पुगेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको महिला ५० केजी तौल समूहमा सुस्मिता र अस्मिताले अन्तिम चारको यात्रा तय गरेका हुन् । अस्मिताले मधेस प्रदेशकी मनिषा राई र अस्मिताले एपिएफकी सानुमाया थिङलाई हराइन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ संघद्वारा संयुक्त आयोजित प्रतियोगितामा महिला ५७ केजीमुनि तौलसमूहमा स्वस्तिका तिरुवाले खेल्न पाइनन् । खेल निर्णायकले बोलाएपछि स्वस्तिका र उनका प्रतिद्वन्द्व कोशी प्रदेशकी नारिका राई रिङमा उत्रिएका थिए ।

तर, खेल शुरु हुन लाग्दा प्रतियोगिताका टेक्निकल प्रमुख पुस्करराज पन्तले स्वस्तिकाले खेल्न नपाउने भन्दै रोकपछि लामो समय विवाद उत्पन्न हुन पुग्यो । आइबाको नियमअनुसार १९ वर्षदेखि ४० वर्षसम्म उमेरका बक्सरले मात्र एमेच्योर बक्सिङ खेल्न पाउँछन् । स्वस्तिका उक्त उमेर पुगेकी थिइनन् । तर टेक्निकल पन्तले प्रतिष्पर्धा हुनु पुर्व नै त्यसबारे जाँच नगरी रिङ बोलाएको र रिङबाट खेलाडी अयोग्य हुँदा उनीहरूको मनोबल घट्ने भन्दै प्रशिक्षक प्रतिवादमा उत्रिएका हुन् ।

लामो समयपछि विवादपछि खेल सञ्चालन भयो र कोशीकी नारिका राई विजेता घोषणा भइन् । महिला ५७ केजी तौल समूहमै लुम्बिनी प्रदेशकी ललित बस्नेतले गण्डकी प्रदेशकी दिक्षा राईलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरे । महिला ५४ केजी तौलसमूहमा गण्डकीकी सोनिया बडुवाल र त्रिभुवन आर्मीकी लालुमाया क्षेत्रीले सेमिफाइनलमा स्थान बनाएका छन् । सोनियाले सुदूरपश्चिम प्रदेशकी निर्मल एडी र लालुमायाले एपिएफकी नङ्जा बुढामगर हराइन् ।

महिला ६० केजी तौल समूहमा वागमती प्रदेशकी नातिसा रानामगरले कर्णाली प्रदेशकी तुल्सी भण्डारीलाई र एपिएफकी संगीता सुनारले नेपाल पुलिसकी लक्ष्मी घर्ती मगरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन् । महिला ७५ केजी तौलसमूहमा लुम्बिनीकी जुनमाया थारु र आर्मीकी त्रिशा जबेगुलाई हराउँदै अन्तिम चारको यात्रा तय गरे । जुनमायाले गण्डकीकी जोसिका श्रेष्ठ र त्रिशाले वागमतीकी मनमाया गुरुङलाई हराए । महिलाकै ६६ केजीमुनि सुदूरपश्चिम प्रदेशकी सन्जीता चौधरी र एपिएफकी विनिता थापामगरले अन्तिम चारको यात्रा तय गरे । सञ्जिताले बागमतीकी तृष्णा गुरुङ र विनिताले कोशीकी नुमा सावादेनलाई हराएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर