राप्तीमा कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन निषेध

चितवनको राप्ती नगरपालिकाका कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन निषेध गरिएको छ ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय समयमा कर्मचारीहरूलाई फेसबुक र म्यासेन्जर चलाउन निषेध गरिएको हो । यो निर्णय आगामी आइतबारदेखि लागू हुने राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिए ।

कार्यालय समयमा कर्मचारीहरू फेसबुकमा व्यस्त भएको गुनासो सेवाग्राहीबाट आएपछि कार्यालय समयमा कर्मचारीलाई फेसबुक र म्यासेन्जर चलाउन निषेध गरिएको नगर प्रमुख शमशेर लामा बताए । कार्यालयमा कार्यालय समयमा कर्मचारीहरूले फेसबुक र म्यासेन्जर चलाउन नपाउने उनले बताए ।

‘कर्मचारीहरूको बैठकमा निर्णय भएको छ । आइतबारदेखि यसलाई कार्यान्वयनमा लैजान्छु,’ प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने, ‘निगरानीका लागि कर्मचारी पनि परिचालन गरेको छु ।’ पछिल्लो समय कर्मचारीहरूमा सेवा प्रवाहमा ध्यान दिनुको सट्टा कार्यालय, नेतृत्व र कर्मचारीको अनावश्यक टीकाटिप्पणी गर्ने प्रवृत्ति बढेको छ ।

यसै गरी नगरपालिकामा सरकारले तोकेको ड्रेसकोड र परिचय पत्र कर्मचारीका लागि अनिवार्य गरिएको छ । १० बजे कार्यालय आइ नपुग्ने र ड्रेसकोड नलगाउने कर्मचारीलाई कारबाही हुने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर