भिरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले गर्‍यो सकुशल उद्धार

सशस्त्र प्रहरीले बाटो हिँड्ने क्रममा चिप्लिएर भिरमा खसी अड्केका एक जनाको सकुशल उद्धार गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–११ सिमखेतस्थित भिरमा अड्किएका सोही जिल्लाको हेलम्बु गाँउपालिका–१ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ शेर्पाको शनिबार सकुशल उद्धार गरिएको हो ।

गोरेटो बाटो हिँड्ने क्रममा चिप्लिएर बाटोबाट करिब ५० मिटर तल खसेका शेर्पा मेलम्ची खोलामाथिको भिरमा अड्किएका थिए ।

सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल खानोपानी आयोजना सुरक्षा बेस मेलम्ची र ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको संयुक्त टोलीले उनको उद्धार गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर