माधव नेपालले भने- ‘विपक्षी गठबन्धन अपवित्र, सत्ता गठबन्धन पवित्र’

नेकपा (एमाले)ले गरेको गठबन्धन अपवित्र भएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् ।

अध्यक्ष नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारूढ गठबन्धन भने पवित्र भएको दाबी गरे । सत्तारूढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले एमालेले बनाएको विपक्ष गठबन्धन भने अप्राकृतिक तथा अपवित्र दुवै भएको जिकिर गरे ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिने र लोकतन्त्र मास्ने कामलाई रोक्नका लागि गठन भएकाले सत्तारूढ गठबन्धन प्राकृतिक र पवित्र रहेको अध्यक्ष नेपालको तर्क थियो । उनले जहानिँया राणा शासनको अन्त्य गर्ने, पञ्चायती निरंकुशता अन्त्य गर्न सफल कांग्रेस र कम्युनिष्टहरूबीचको गठबन्धन अब पनि सफलताको बिन्दुमा पुगिछाड्ने बताए ।

अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनलाई विजयी गराउनका लागि एकताबद्ध भएर अगाडि बढ्न पनि गठबन्धनमा आबद्ध दलका नेता, कार्यकर्तालाई निर्देशन दिए । गठबन्धनको तर्फबाट आगामी निर्वाचनका लागि साझा प्रतिबद्धतापत्र कात्तिक २ गते बुधबार सार्वजनिक हुने भन्दै उनले जनताको घरदैलोमा पुगेर त्यसको प्रचार अभियानलाई तीव्रता दिनुपर्ने बता ए।

अध्यक्ष नेपालले मुलुकको शासन सञ्चालनमा त्रुटि, कमी रहेको औंल्याउँदै त्यसलाई सुधार गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर