जाजरकोट जीप दुर्घटना : मृतकको संख्या ११ पुग्यो (नामवलीसहित)

जाजरकोटमा जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। एक जना गम्भीर घाइते छन्।

मृत्यु हुनेमा जीप चालक दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का रहेका छन्।

यस्तै छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढाको पनि दुर्घटनामा मृत्यु भएको छ।

यसैगरी २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगन्ञ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

छेडागाड नगरपालिका–२ का जयनाथ अधिकारी गम्भीर घाइते छन्।

सोमबार दिउँसो करिब ४ बजेको समयमा छेडागाडको जेवा भन्ने स्थानबाट लेवाका लागि जान लागेको कर्णाली प्रदेश ०२–००१च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।

मध्यपहाडी सडकखण्ड अन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा दुर्घटना भएकाे जीप सडकबाट २०० मिटर तल खसेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर