महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्छ : बालेन शाह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्ने बताएका छन् ।

बिहीबार काठमाडौं महानगरपालिकाको २८औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाहले महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनःजागरण गर्न लागेको बताएका हुन् ।

उनले उपत्यकाभित्र रहेका डबलीहरूलाई जनचेतनामूलक कार्यक्रमहरू गर्न प्रयोग गरिने बताए । उनले काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदाहरूलाई पुनःजागृत गराउनुपर्नेमा जोड दिए ।

प्रमुख शाहले संस्कृतिहरूलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरूमा हस्तान्तरण गर्दै जानुपर्ने बताए । उनले मौलिक बाजाहरुलाई अभिलेखिकरण गर्दै नयाँ पुस्ताहरुलाई पनि सिकाउँदै जानुपर्ने बताए ।

प्रमुख शाहले काठमाडौं महानगरपालिकाबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न सुरु गरिएको बताए । उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका क्षेत्रमा छिमेकी पालिकाहरू र सबै तहको सरकारहरूसँग सहकार्य गर्दै अगाडि बढेको बताए । उनले काठमाडौं महानगरलाई सांस्कृतिक शहर बनाउने सपना पूरा गरेरै छोड्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *