शहरी विकासमन्त्री पाण्डेको पहिलो निर्णय : तुइन विस्थापन गरेर झोलुंगे पुल बनाउने

नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन विस्थापित गरेर झोलुंगे पुल बनाउने प्रतिबद्धता जनाएका छन्।

मंगलबार शहरी विकासमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले नेपालको पश्चिममा खोलामा झोलुंगे पुल नहुँदा मानिसहरूको तुइनबाट खोला तर्दा खोलामा खसेर मुत्यु भइरहेको भन्दै सबैभन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुंगे पुल बनाउने बताएका हुन्।

उनले तुइन हटाएर झोलुंगे पुल बनाउन नसक्ने मन्त्रालयको औचित्य नहुने बताए। मन्त्री पाण्डेले अब नेपालको कालीगण्डकी क्षेत्रमा हरेक आधा घण्टाको फरकमा झोलुंगे पुल निर्माण गरिने बताए। उनले शहरी विकास मन्त्रालयमा गर्नुपर्ने कामको प्राथमिकताका आधारमा काम गर्ने बताए। मन्त्री पाण्डेले विकास निर्माणका काम के कारण रोकिएको छानबिन गरी भएका समस्या तत्काल समाधान गर्ने योजना रहेको बताए।

उनले काम सुरु भएर पनि सम्पन्न नभएका काम तत्काल पूरा गर्नको लागि मन्त्रालयमा आएको बताए। मन्त्री पाण्डेले शहरी विकास मन्त्रालयका विकास निर्माणका काम किन नभएको सबै थाहा भएकाले सबै समस्या समाधान गर्दै मन्त्रालयलाई विगतको भन्दा फरक रूपमा अगाडि बढाउने बताए।

उनले आफू शहरी विकास निर्माणको विषयमा जानकार भएकाले कुनै स्वार्थ नबाझिने तर्क गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर