पोखरामा एटीएम फोर्न खोजेको आरोपमा २ जना पक्राउ

पोखरामा विभिन्न बैंकको एटीएम मेसिन फोर्न खोजेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा उदयपुरको गाईघाट नगरपालिका-७ घर भई पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने २१ वर्षीय सुशील चाम्लिङ राई र लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ घर भई छोरेपाटन नै बस्ने २१ वर्षकै अर्जुन भन्ने लुबहादुर गुरुङ रहेका छन्।

याे पनि-

किन पटकपटक फोरिन्छन् पोखराका एटीएम मेशिन ?

उनीहरूले मंगलबार पोखरा-१० रामबजारस्थित एनआईसी एशिया बैंक पोखरा-१५ बनक्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेड रामबजार पेन्सनक्याम्प नजिक रहेको सांग्रिला डेभलपमेन्ट बैंककौ एटीएम मेसिन फोर्नका लागि तोडफोड गर्ने, ढुंगाले हान्ने तथा सीसीटीभी कागजले छोप्ने गरेको आरोप छ।

पक्राउ परेका उनीहरूविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद लिएर थप अुसन्धान थालिएको कास्कीका प्रहरी प्रवक्ता इन्स्पेक्टर ज्ञानबहादुर खड्काले जानकारी दिए।

पाेखरामा एटीएम ताेडफाेडका घटना अत्यधिक हुने गरेका छन् ।

याे पनि-

पोखरा एटीएम प्रकरणको सफल अनुसन्धान गर्ने सई सुवेदी बने गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *