भ्रष्टाचार नियन्त्रणका लागि कडा कानून बनाउन सांसदहरूको माग

प्रतिनिधिसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणका लागि कडा कानून बनाउन सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल, नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीलगायतका सांसदहरूले भ्रष्टाचारलाई अन्त्य गर्नका लागि संकल्प लिएर अघि बढ्न सरकार र संसद दुवैको ध्यानाकर्षण गराएका हुन्।

एमालेका प्रमुख सचेतक गिरीले भ्रष्टाचारकै कारण मुलुक जर्जर भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि सबै राजनीतिक दलहरूले पनि संकल्प लिएर अघि बढ्नुपर्ने बताए।

उनले भ्रष्टाचार नियन्त्रणका लागि मुलुकमा विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने आवश्यकता रहेको बताए।

सांसद पौडेलले भ्रष्टाचारसम्बन्धी घटनाहरू तत्काल सार्वजनिक गर्ने र दोषीमाथ कडा कारबाही हुनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *