अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख ठगी गरेको अभियोगमा युवती पक्राउ

अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-१३ घर भई काठमाडौं महानगरपालिका-१, लाजिमपाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ छिन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लाजिमपाटबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले पीडितहरूबाट पटक-पटक गरी ३० लाख रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *