उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्दै नगरपालिका

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरस्तरीय वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको छ। नगरपालिकाले गत चैतमा सञ्चालन गरेको वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको हो।

नगरपालिकाले सञ्चालन गरेको शैक्षिकसत्र २०७९ को वार्षिक परीक्षाअन्तर्गत कक्षा ६-९ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी तुवाचुङ-१०, अर्खौलेस्थित सरस्वती मावि पहिलो भएको छ। सो विद्यालयलाई दुई लाख रूपैयाँ प्रदान गरिने छ।

यस्तै हलेसी तुवाचुङ-१, बाहुनीडाँडाको कालिका मावि दोस्रो तथा हलेसी तुवाचुङ-९, धितुङस्थित बुलापन्थे मावि तेस्रो भए। दुवैलाई क्रमशः ५० हजार र २० हजार रूपैयाँ प्रदान गर्ने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिएका छन्।

यस्तै कक्षा ४-५ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी तुवाचुङ-४, बडहरेस्थित खोक्सेली विद्यालय प्रथम, सोही वडाका बोझेओडार र हलेसी तुवाचुङ-१, बाहुनीडाँडाको जनचेतना विद्यालय तेस्रो भए। ती विद्यालयलाई क्रमशः ५० हजार, २० हजार र १० हजार रूपैयाँ प्रदान गरिने छ।

यस्तै कक्षा ६-८ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी तुवाचुङ-२, डिकुवास्थित डिकुवा विद्यालय प्रथम, वडा नं. ४, बडहरेको शान्ति आधारभूत विद्यालय दोस्रो र वडा नं. ११, राजापानीको हिमगङ्गा आधारभूत विद्यालय तेस्रो भए। उनीहरूले क्रमशः ५५ हजार, २५ हजार र १५ हजार रूपैयाँ पुरस्कार पाउने भएका छन् ।

एघार वडा रहेको हलेसी तुवाचुङमा वडा नं. ५, दुर्छिमस्थित दामोदरमहासिंह आधारभूत विद्यालय दुर्छिमकी ब्रोलिजा राई प्रथम, हिमगङ्गाका भविन पुरी, बुलापन्थे मावि धितुङकी सुजना राई, बुलापन्थे मावि धितुङकै अनिल कटवाल, लक्ष्मी मावि बडहरेका गणेश दाहाल र महेन्द्रोदय मावि महादेवस्थानका दया राई पहिलो भए। उनीहरूले जनही १० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर