विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटु चढ्ने एकै परिवारका चार दाजुभाइ सम्मानित

संसारको दोस्रो अग्लो हिमाल माउन्ट केटुको सफल आरोहण गर्ने एकै परिवारका चार दाजुभाइलाई सरकारले सम्मान गरेको छ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सरकारले संखुवासभाका सफल आरोही दाजुभाइ मुक्तु शेर्पा, निङ्मा दोर्ची शेर्पा, पेचुम्बे शेर्पा र आङदावा शेर्पालाई कदरपत्र र खादा ओढाएर सम्मान गरेको हो।

उनीहरू चारै जनाले गत जुलाई २७ मा आठ हजार ६ सय ११ मिटर उचाइको माउन्ट केटुको सफल आरोहण गरेर नेपालबाट मात्र नभई विश्वमै एकै परिवारका चार जनाले पहिलो पटक आरोहण गरेको कीर्तिमान बनाएका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कीर्तिमानी आरोही चार दाजुभाइलाई नेपाल र नेपालीको नामलाई विश्वसामु चिनाएको भन्दै प्रशंसासहित बधाई दिए।

कार्यक्रममा आरोहीका प्रतिनिधिको रूपमा बोलेका आङदावा शेर्पाले हिमाल आरोहणपछि नेपाल आउँदा सरकारको उपस्थिति नदेखिएको भन्दै गुनासो गरे। तर, उनले आज राज्यले सम्मान गरेकामा खुसी व्यक्त गरे।

प्रत्युत्तरमा मन्त्री किरातीले आफू आरोहीलाई स्वागत गर्न विमास्थलमा विशेष कारणले जान नसकेको भन्दै आरोहीले दिएको सुझावलाई ग्रहण गरेको र कानून बनाएरै त्यसलाई सम्बोधन गर्न लागेको आश्वासन दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर