हनुमानढोका दरबारलाई योगदान पुर्‍याउने हिसाबले चित्र कोरेको छु : हरिप्रसाद शर्मा

हनुमानढोका स्मारिका विमोचन र चित्रकार हरिप्रसाद शर्माका चित्रकलाहरूको अस्थायी प्रदर्शनको समुद्घाटन कार्यक्रम एकसाथ सम्पन्न भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्मारिका विमोचन र चित्रकलाहरूको अस्थायी प्रदर्शनको समुद्घाटन कार्यक्रम एकसाथ सम्पन्न गरिएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा हनुमानढोका दरबार संग्रालय विकास समितिका अध्यक्ष भरतमणि सुवेदीले संग्रहालयसँग सम्बन्धित लेखहरूको संकलन, प्रकाशन र संग्रहालयको बारेमा जानकारी गराउने उद्देश्यले स्मारिका विमोचन गरेको जानकारी दिए ।

उनले भने, ‘संग्रहालयको बिभिन्न कामहरु मध्ये अध्ययन अनुसन्धान पनि महत्त्वपूर्ण भएकाले लिपिबद्ध गरेर संग्रहालयसँग सम्बन्धित लेखहरूको संकलन, प्रकाशन र संग्रहालयको बारेमा जानकारी गराउने उद्देश्यले यो प्रकाशित भएको छ ।’

त्यस्तै चित्रकार हरिप्रसाद शर्माले आफूले पृथ्वीनारायण शाह र प्रताप मल्लको विषयलाई चित्रमा उजागर गरेकाले दर्शकबाट राम्रो प्रतिक्रिया पाउने विश्वास व्यक्त गरे ।

उनले आफूले हनुमानढोका दरबारलाई केही योगदान पुर्‍याउने हिसाबले चित्र कोरेको बताए ।

उनले भने, ‘मेरो चित्रहरूमा दर्शकले के कस्तो प्रतिक्रिया दिनेछन् भन्ने अवलोकन गर्नेछु, मलाई चित्रकला हेरेर राम्रो प्रतिक्रिया दिनुहुन्छ होला । पृथ्वीनारायण शाह र प्रताप मल्लको विषयलाई उजागर गरेको छु । हनुमानढोका दरबारलाई केही योगदान गरेको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर