केपी ओली मिल्दा माओवादीलाई महान् र नमिल्दा हत्यारा भन्छन् : घनश्याम भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली इतिहासप्रति पूर्वाग्रही रहेको आरोप लगाएका छन्।

शनिवार काठमाडौंमा आयोजित निरोज कट्टेलको २०८० झापा विद्रोहको अन्तरकथा विमोचन कार्यक्रममा उनले ओलीले माओवादी जनआन्दोलको विषयलाई लिएर मिल्दा महान् र नमिल्दा हत्यारा र आतंककारी भन्ने गरेको भन्दै उनी इतिहासप्रति पूर्वाग्रही रहेको आरोप लगाएका हुन्।

उनले भने, ‘फर्केर हेर्दा राजनीनिक नेतृत्वमा कमरेड ओलीले इतिहासको बारेमा जसरी बोल्छन्, माओवादीको जनआन्दोलनबारे जसरी बोल्छन्, राज्यले त्यसलाई इतिहासलाई अझै अगाडि लैजान्छौं भनेर सहमति भएर अगाडि बढेको घटनालाई आज फर्केर हेर्दा जतिबेला मिलिन्छ त्यतिबेला यो महान् कुरा भन्ने, जति बेला मिलिँदैैन त्यतिबेला यो हत्यारा, अतंकककारी भन्ने? राजनीतिमा इतिहासप्रति यो डरलाग्दो र घृणास्पद कुरा छ।’

उनले आजको युग इतिहासको भन्दा पनि अझ राम्रो, महान् र नयाँ क्रान्तिको पर्खाइमा रहेको तर्क गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर