राजनीति

पर्सिदेखि संसद खुल्ने विश्वास छ : गृहमन्त्री श्रेष्ठ

'सुन प्रकरणको सीआईबीले नै टुंगो लगाउँछ'

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पर्सिदेखि संसदको अवरोध खुल्ने विश्वास व्यक्त गरेका छन्।

संसद अवरोधबारे सिंहदरबारमा राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरूसँगको छलफलपश्चात् उनले भोलिसम्ममा सकारात्मक निष्कर्षमा पुग्ने र पर्सिदेखि संसद खुल्ने बताए।

‘आजको बैठक संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा केन्द्रित थियो। आज निष्कर्ष नआए पनि छलफल सकारात्मक भएको छ। आज स्वास्थ्य प्रतिकूलताका कारण प्रमुख प्रतिपक्ष दलको अध्यक्ष आउन सक्नुभएन,’ उनले भने, ‘आजको छलफलका बारेमा अरूले पनि सल्लाह गर्ने भयो। हामीलाई विश्वास छ, भोलिसम्ममा यो निष्कर्ष सकारात्मक निस्किएर पर्सिदेखि सदन खुल्ला कि भन्ने आशा गरेको छु।’

यस्तै उनले सुन प्रकरणको विषयको टुंगो सीआईबीले नै लगाउने भन्दै यसमा कुनै दुईमत नभएको पनि बताए।

उनले भने, ‘सुन प्रकरणको सन्दर्भमा सीआईबीले अनुसन्धान गरिरहेको छ, सीआईबीले नै यसलाई टुंगोमा पुर्‍याउँछ। अब समग्रतामा यस्तो कार्य फेरि नहोस् भन्नको लागि विमानस्थलमा वा अरू भन्सार कार्यालयहरूलाई छलफल गरेर निष्कर्षमा पुर्‍याउने कुरा छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर