मधेसमा सुशासन र सामाजिक न्यायका लागि एमालेको सरकार आवश्यक : योगेश भट्टराई

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मधेस प्रदेशमा सुशासन कायम गर्न एमालेले अब भूमिका खेल्ने बताएका छन्।

एमाले मधेस प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिन जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले मधेसमा सुशासन र सामाजिक न्याय कायम गर्न मधेसको स्वाभिमान माथि उठाउनु पर्ने धारणा राखेका छन्।

उनले मधेसको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार आवश्यक हुने भएकाले अब मधेस प्रदेशको मुख्यमन्त्रीदेखि वडा अध्यक्षसम्ममा एमाले चाहिने बताए। उनले यही अवधारणा अबको अधिवेशनमा अगाडि सार्दै काम गर्ने योजना रहेको बताए।

सचिव भट्टराईले एमालेले स्थानीय चुनावदेखि प्रतिनिधिसभाको चुनावसम्ममा बहुमत ल्याउने उद्देश्यले ६६,२०० जना आफ्ना पार्टी सदस्यहरूलाई यस अधिवेशनमा कुनै न कुनै हिसाबले सहभागी गराएको जनाए।

असोज २४ (भोलि) र २५ गते (पर्सि) जनकपुरधाममा हुने नेकपा (एमाले) मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने उनले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *