एनआरएनए विवाद : अध्यक्षमा पराजित शर्माको नेतृत्वमा समानान्तर कार्यसमिति घोषणा

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएन) को विवाद थप चर्कँदै गएकाे छ। एनआरएनएकाे ११ औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएको छ।

बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै कमिटी घोषणा गरिएको हो। यो समिति नै आधिकारिक भएको उनीहरूले दाबी समेत गरेका छन्।

समानान्तर कार्यसमितिमा डा. केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्ष रहेका छन् । त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन् ।

महासचिवमा बुद्ध सागर सुवेदी छन् भने उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन् । त्यस्तै, सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला छन् ।

कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना रहेका छन् भने सह कोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना छन् ।

यसैगरी महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ रहेका छन् ।

शनिबार साँझ ललितपुरमा पत्रकार सम्मेलन गर्दै ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै अध्यक्ष पदका प्रत्याशी शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका थिए । शनिबार अध्यक्षमा निर्वाचित बद्री केसीसहित अन्यले शपथ लिएका थिए। त्यसपछि पदबहाली गर्न निर्वाचित पदाधिकारीहरु बालुवाटारस्थित एनआरएनएको कार्यालय पुगेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *