नेपालीले जिते एक लाख क्यानेडियन डलरको चिट्ठा

क्यानडामा रहेका एक जना नेपालीले एक लाख डलरको चिट्ठा जितेका छन् ।

पोखराका दीपक अधिकारीले ‘सिक्स फोर्टी नाइन’ चिट्ठामा एक लाख क्यानेडियन डलर (करिब ९७ लाख रूपैयाँ) पुरस्कार जितेको क्यानाडामा रहेका सुनसरी घर भएका नेपाली सञ्चारकर्मी जयराम गौतमले बताए ।

दुई वर्षअघि क्यानडा गएका उनले त्यसै बेलादेखि नियमित रूपमा चिट्ठा टिकट किन्ने गरेको बताएका छन् ।

उनले अक्टोबर पहिलो साता ब्रापम्टनको एउटा कन्भिनियन्स स्टोरमा उक्त चिट्ठा किनेका थिए । जितेको रकम धेरै ठूलो नभएकाले इच्छा गरेका सबै कुरा गर्न नसके पनि केही भने पूरा हुने उनले बताए ।

नेपालमा पर्यटन व्यवसायमा आबद्ध उनले आगामी दिनमा पनि नियमित टिकट किन्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर