सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो।

आज तेजावी सुन तोलामा १ लाख १९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि आज प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर