मातहतका निकायलाई मेयर बालेनको निर्देशन- ‘इमानदार भएर काम गर्नू’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले इमानदार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमानदार हुनुपर्ने उनको भनाइ छ ।

बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जाल : गठन र सञ्चालनसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै उनले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने धारणा राखे । जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरूपण गराउन भ्रष्ट आचरण भएकाहरूले बाधा अवरोध पुर्‍याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने मेयर शाहले बताए ।

मेयर शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निष्तेज पार्न सकिने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *