कांग्रेसमा नेतृत्व परिवर्तनका लागि मैले जित्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसद्मा निर्वाचित गरेर पठाउनुपर्ने बताएका छन्। आफू सांसद भएमात्रै कांग्रेसभित्र संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा हुने र सरकारको नेतृत्व परिवर्तन सम्भव हुने उनको भनाइ छ।

पार्टीको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले मंगलबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन जितेर गए कांग्रेसमा मात्रै संसदीय दलको निर्वाचन हुने र मतदाताले चाहे अनुसारको नेतृत्व परिवर्तन हुने बताए। त्यसका लागि काठमाडौं क्षेत्र नम्बर ४ का अगुवाहरूले आफूलाई जिताउनका लागि बाँकी समय लागिदिनुपर्ने महामन्त्री थापाको अनुरोध थियो।

महामन्त्री थापाले संसदीय व्यवस्थामा संसद्मा जितेमात्रै संसदीय दलमा निर्वाचन लड्न पाउने भएकाले त्यसका लागि आफूलाई निर्वाचित गराउन सबैले सहयोग गर्ने विश्वाससमेत व्यक्त गरे। उनले आफूलाई सांसदमा निर्वाचित गराएर पठाए १० वर्षमा मुलुकको राजनीतिलाई पूरै सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।

महामन्त्री थापाले अबको निर्वाचनपछि पनि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदहरूले नगरे मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नै नरहने बताए। जनप्रतिनिधिहरूले अब पनि मतदाताहरूमाथि निर्वाचनमा गरेको वाचाअनुसार काम नगरे उनीहरूले फेरि चुनाव लड्न नपाउने पनि उनको भनाइ छ।

महामन्त्री थापाले सत्तारूढ गठबन्धनको आगामी निर्वाचनपछि बहुमत आउने दाबी गर्दै त्यसपछि पाँच वर्षसम्म एकताबद्ध भएर जनताको भावनाअनुसार काम गर्न प्रतिबद्ध हुनुपर्ने पनि बताए। महामन्त्री थापाले नागरिकमा निराशा छाएको भन्दै उनीहरूलाई आशा जगाउने गरी काम गर्न नसकिए आक्रोश छाउने र मुलुक बर्बाद हुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर