लागुपदार्थ सेवन गरी मोटरसाइकल चलाउने ५ जना पक्राउ

ललितपुरको बाँडेगाउँमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी मोटरसाइकल चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले मोटरसाइकल चालक बाँकेका २२ वर्षीय अंकित महत, अर्घाखाँचीको मालारानी गाउँपालिका-६ का २० वर्षीय अनिल बस्नेत, ललितपुरका २३ वर्षीय अमित कार्की, बाँडेगाउँका १८ वर्षीय एलिस महर्जन र मोरङको विराटनगरका २७ वर्षीय सुमन खड्कालाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त, सातदोबाटो पठाइएको छ। नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक प्रहरी परिसर, सातदोबाटो, लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग, बाँडेगाउँबाट खटिएकाे संयुक्त टोलीले शुक्रबार ललितपुरको बाँडेगाउँमा सवारी साधन चेकजाँच गरेको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्काल नजिकैको प्रहरी कार्यालय , ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न अनुरोध गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर