शीर्ष नेताले संसद बन्धक बनाएको रवि लामिछानेको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन ठूला दलका शीर्ष नेताहरुले संसद बन्धक बनाएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले ठूला दल र शीर्ष नेताको स्वार्थका कारण संसद बन्धक बनेको आरोप लगाएका हुन्।

तीन ठूला दलको बार्गेनिङका कारणले संसद बन्धक बनाउन नपाइने भन्दै उनले संसदीय समितिमा भागबण्डा मिलाएर अहिले संसद खुलाएको आरोपसमेत लगाए।

‘तीन जना नेताहरू मिलेर सल्लाह गर्नुपर्ने भए संसदको समय कहिले सुरू हुन्छ भनेर जारी भइरहेको पछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुराहरू मिल्ने?,’ उनले भने ‘मिलाउनुपर्ने कुरा मिलाउने किन गर्न सक्दैनन्? हाम्रो आरोपअनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सक्दैनन्? सदन चल्ने बेलामा नै किन गरिन्छ?’

उनले अब तोकिएको समयमै सदन बस्छ भनेर रूलिङ गर्न सभामुखसँग माग गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *