पुँजी प्रवाह हुन नसक्दा व्यवसायीमा आत्मविश्वास कम भयो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आम जनसमुदायमा मागअनुसारको पुँजी प्रवाह हुन नसक्दा व्यवसायीहरूमा आत्मविश्वास कम हुँदै गएको टिप्पणी गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम समुद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले मागअनुसारको पुँजी प्रवाह हुन नसक्दा व्यवसायीहरूमा आत्मविश्वास कम हुँदै गएकाले प्रवाहलाई बढाउनुको विकल्प नभएको बताएका हुन्।

उनले भने, ‘वास्तवमा अहिले आम पब्लिकमा यो डिमान्ड सप्लाइको चै धेरै नै कमी भएको छ। र, व्यावसायिक रूपमा धेरै कन्फिडेन्स् लुज भएको चाहिँ छ। सप्लाइ धेरै नै कमी भएको हिसाबमा व्यवसायीमा आत्मविश्वास जाग्न सकेको छैन। ’

अध्यक्ष ढकालले व्यवसायीमा आत्मविश्वास बढाउन नेपाल राष्ट्र बैंक र सरकारको तर्फबाट माग आपूर्तिलाई बढाउने हिसाबले अगाडि नजाने हो भने पछुताउनुको विकल्प नहुने बताए।

उनले भने, ‘यो आत्मविश्वास बढाउनलाई नेपाल राष्ट्र बैंकले र सरकारको तर्फबाट माग आपूर्तिलाई बढाउने हिसाबले अगाडि नजाने हो भने पछि हामीले पछुतो मात्र मान्नेबाहेक केही हुन्न।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *