सिंहदरबार दक्षिणी गेटमा तनाव (तस्बिरहरू)

शिक्षक आन्दोलनका क्रममा निषेधित क्षेत्र तोड्दै सिंहदरबार प्रवेश गर्ने मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठनका ११ जना कार्यकर्ता पक्राउ परेका छन्।

निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गरेपछि प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेल भएको छ। सो क्रममा प्रहरीले सञ्चाकर्मीलाई समेत ज्याद्दती गरेको छ।

आन्दोलनको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीमाथि दुर्व्यवहार र हातपातसमेत भएको छ। सिंहदरबारभित्र (क्रान्तिकारी माओवादी) का विद्यार्थीहरूलाई धरपकड गरिएको दृश्य खिच्ने क्रममा केही फोटो पत्रकारलाई समेत प्रहरीले हातपात गरेको छ।

सबै तस्बिरहरू : नेपाल न्यूज बैंक।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *