संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आज न्युयोर्क फर्किदै

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन् । नेपालको चारदिने भ्रमणको सिलसिलामा महासचिव गुटेरेस आइतबार बिहान काठमाडौं आइपुगेका थिए ।

उनी बुधबार बिहान १०:३० बजे कतार एयरवेजको उडानमार्फत न्युयोर्क फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

गुटेरेसले मंगलबार संघीय संसदको सयुक्त बैठकलाई सम्बोधन गरेका थिए। त्यसअघि उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतालगायत उच्च राजनीतिक भेटवार्ता गरेका थिए ।

नेपाल बसाइका क्रममा महासचिव गुटेरेसले अन्नपूर्ण आधारसिविर, पोखरा र लुम्बिनीको पनि भ्रमण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर