मतदाता शिक्षालाई थप प्रभावकारी बनाउँदै निर्वाचन आयोग

निर्वाचन आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउने भएको छ । गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियान सुचारु गरेको आयोगले जनाएको हो ।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले स्थानीय तहमार्फत प्रत्येक वडामा मतदाता शिक्षा कार्यकता खटाएको बताएको छ । गत स्थानीय तहको निर्वाचनमा प्रभावकारी नभएका कारण स्थागन गरेको भएपनि आयोगले यस पटक भने कात्तिक १८ गतेदेखि नै मतदाता शिक्षा शुरु गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउनको लागि मतदाता शिक्षा निर्देशिका, २०७९ निर्माण गरी मतदाता शिक्षा दिइरहेको बताए ।

उनले निर्देशिकाले समेटेका विभिन्न कार्यक्रम सञ्चालनका लागि मतदाता शिक्षा सामग्रीहरु छपाएर सबै स्थानीयहरुमा वितरण भइसकेको पनि बताए । सहप्रवक्ता अर्यालले मतदाता शिक्षाको लागि अडियो सामग्री रेडियो र भिडियो समग्री टेलिभिजन तथा अनलाइनमार्फत प्रसाारण भइरहेको बताए । उनले एक महिना अगाडिबाट नै आयोगले नमूना मतपत्रहरु प्रत्येक जिल्ला निर्वाचन कार्यलयमार्फत जिल्लाका प्रत्येक नगरपालिका र गाँउपालिकामा पु¥याएर नगर र पालिकाको एक स्थानमा नमूना मतदान गर्नेगरी बजेटको व्यवस्था गरेकोसमेत बताए ।

उनले मुलुकभरका ६ हजार ७५३ वडामा कार्यकर्तामार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको बताए ।सहप्रवक्ता अर्यालले स्थानीय तहको मातहतमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएकाले विगतको तुलनामा यो निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी हुने विश्वास लिएको पनि बताए ।

सहप्रवक्ता अर्यालले निर्वाचन आयोगले राजनीतिक दलका उम्मेद्वारहरुलाई मतदातसँग मत माग्ने मात्रै नभएर मत हाल्न सिकाउन आग्रह गरेको बताए । उनले राजनीतिक दलमा उम्मेदवारहरुले मत माग्न जाँदा मत हाल्ने तरिका सिकाउँदा मतदाता शिक्षा थप प्रभावकारी हुने बताए । उनले प्रत्येक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन क्षेत्रका सक्कली मतपत्रको ढाँचा आयोगले वेबसाइटमा राखेकाले सोही मतपत्रका आधारमा मतदातालाई मतदाता शिक्षा दिन राजनीतिक दलहरुलाई आग्रह गरे ।

उनले विगतका निर्वाचनहरुमा भन्दा यो निर्वाचनमा मतदाता बढाउने र बदर मत खस्ने प्रतिशत न्यूनीकरण गरी निर्वाचन राम्रो बनाउने योजना रहेको बताए । सहप्रवक्ता अर्यालले शिक्षित मतदाता तयार पार्दा मात्रै मतदाताको अर्थपूर्ण सहभागिता हुने बताए । उनले मतदातालाई सही तरिकाले मतदान गर्न सिकाउनु अहिलेको प्रमुख प्राथमिकताको विषय भएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *