पार्टीले पाउने मन्त्रालयमा सहमति, मन्त्री पार्टीले तोक्ने र आजै सपथ

सत्ता साझेदार दलहरुले मन्त्रालय बाँडफाँडमा सहमित जुटाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राती बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डामा सहमति जुटाएको हो ।

बैठकपछि संवाददाताहरुसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सत्ता साझेदार दलहरु बीच मन्त्रालय बाँडफाँडको विषय टुङ्गिएको जानकारी दिए ।

मन्त्रालय बाँडफाँडमा ब्यक्ति सहितको विषय आ–आफ्नो पार्टि भित्र छलफल गरेर निर्णय लिने पनि उपप्रधान तथा गृहमन्त्री लामिछानेले बताए । पार्टिहरुले मन्त्रीहरुको नामावली प्रधानमन्त्रीलाई उपलब्ध गराएपछि आज (मंगलबार) दिउसो एक बजे नयाँ मन्त्रीहरुको शपथ हुने जानकारी दिए ।

 

 

बैठकमा प्रधानमन्त्री सहित ५ वटा मन्त्री र एउटा राज्यमन्त्री माओवादी केन्द्रले पाउने भएको छ । त्यसैगरी ८ वटा मन्त्रालय नेकपा एमालेले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले ३/३ वटा मन्त्रालय लिने सहमति भएको एक नेताले बताए ।

सत्ता साझेदारदलहरुले जसपालाई २ वटा मन्त्रालय प्रस्ताव गरेको भएपनि उसले स्वीकार गरिनसकेको बताईएको छ । यस्तै सभामुख र राष्ट्रपति एमालेले पाउने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर