संसदीय सुनुवाइ समितिको बैठक छल्न खाेजेकाे होइन : कानूनमन्त्री गुरूङ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले आफूले समितिको बैठक छल्न खोजेको भन्ने आरोप अस्वीकार गरेका छन्।

कानून, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा उनले बारम्बार आफूलाई संसदीय सुनुवाइ समितिको बैठक छल्न खोजेको आरोप लागेको भन्दै त्यो आरोपलाई ठाडै अस्वीकार गरे।

उनले भने ‘बैठक छल्न हिँड्यो भन्ने कुरामा पनि कसैले पनि बैठक छल्न खोजेको भन्ने होइन। जिम्मेवारीबाट भाग्न खोजेको भन्ने पनि होइन।’

त्यस्तै उनले न्यायधीश नियुक्तिको सवालमा पनि मापदण्ड नुसार नै काम भएको जिकिर गरे।

एक जना न्यायधीश नियुक्ति प्रक्रिया अघि बढेको र अन्य ६ जना तथा एक जना मुख्य न्यायाधीश र ५० भन्दा बढी न्यायाधीश खाली हुँदै गएको सन्र्दभमा त्यसलाई पूर्ति गर्ने क्रम सुरू भएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *