Wednesday, 26 January 2022 | २०७८ माघ १२, बुधबार

अनलाइनबाट डलरको अवैध कारोबार, ४ जनाविरुद्ध मुद्दा दायर

१४ घण्टा अगाडि

राजस्व अनुसन्धान विभागले अवैधरुपमा अमेरिकी डलर कारोबारमा संलग्न भएका ४ जनाविरुद्ध काठमाडाैँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।     मुद्दा दायर हुनेहरुमा कैलाली लम्किचुवा १० घर भई हाल काठमाडौँको कालोपुलस्थित गुरुङटोल बस्ने दिनेश खड्का, भगवती खड्का, नरबहादुर खड्का र अनिता धिताल रह...

पुरा पढ्नुहोस्

पाकिस्तानी सर्वोच्च अदालतमा पहिलो महिला न्यायाधीश 

२१ घण्टा अगाडि

पाकिस्तानको नेतृत्वमा पुगेपछि प्रधानमन्त्री इमरान खानले देशका सबै तहमा महिला सहभागिता बढाउँदै लैजाने नीतिमा जोड दिएका छन् ।   यसको पछिल्लो उदाहरण त्यहाँको सर्वोच्च अदालतले पहिलो महिला न्यायाधीश पाएको छ। ५५ वर्षीया आयशा मलिकले सोमबार इस्लामावादमा पद तथा गोपनियताको सपथ लिएकी छन् ।  ...

पुरा पढ्नुहोस्

सुर्खेतमा बहुविवाह आरोपमा प्रधानाध्यापक थुनामा

३ दिन अगाडि

सुर्खेतमा श्रीमती हुँदाहुँदै आफ्नै छात्रकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेर बच्चा जन्मिएपछि विवाह गरेका प्रधानाध्यापकलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।   शुक्रबार जिल्लाका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले बहुविवाह गरेका दुवै जनालाई पुर्पक्ष...

पुरा पढ्नुहोस्

माघ १८ सम्म सर्वाेच्चले यी ६ सेवा दिने

१ हप्ता अगाडि

सर्वोच्च अदालतका केही न्यायाधीश, मुख्य रजिष्ट्रारलगायत ३१ जनालाई कोरोना संक्रमण भएको छ ।      आज सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ भेरिएन्ट ओमिक्रोनसहितको जोखिमका कारण सर्वोच्च अदालममासेवा कटौती गरिएको जनाएको छ । आज बसेको फुलकोर्टले कोरोनाभाइरस संक्रमणको जोखिम...

पुरा पढ्नुहोस्

बालविवाह मुद्दामा पाँच जनालाई कैद

१ हप्ता अगाडि

बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो ।    उनीहरूलाई जनही रु पाँच–पाँच हजार जरिवानाको फैसला भएको तनहुँ अदालतका...

पुरा पढ्नुहोस्

बतासलाई सर्वोच्च र सरकारको धक्काः मानहुँकोट नपाउने, धर्मशाला गुमाउने 

१ हप्ता अगाडि

सर्वोच्च अदालतले तनहुँको पर्यटकीयस्थल मानहुँकोटलाई लिजमा दिने प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमबार अल्पकालिन अन्तरीम आदेश दिएको हो ।      प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र व्यास नगरपालिकाका नाममा आदेश जारी ग...

पुरा पढ्नुहोस्

ललिता निवास प्रकरणका साक्षी र आरोपित फागुन १ गतेदेखि विशेष अदालतमा हाजिर लगाउँदै

१ हप्ता अगाडि

ललिता निवास प्रकरणका साक्षी र आरोपितको फागुन १ गतेदेखि साक्षी बकपत्र सुरु हुने भएको छ । विशेष अदालतका प्रवक्ता उपरजिस्ट्रार दीपेन्द्रनाथ योगीले फागुन १ गतेदेखि अन्तिम सुनुवाइका लागि सरकारी साक्षी वकपत्रका लागि पेसी तोकेको पर्दाफासलाई जानकारी दिए ।      अख्तियार दुरुपयोग अनुसन...

पुरा पढ्नुहोस्

५ जनाको हत्या मुद्दामा कपिलवस्तुका ‘बादशाह’ लाई सफाइ, एकमा कसुर ठहर

१ हप्ता अगाडि

आठ जनाको हत्या आरोप लागेका कपिलवस्तुका बादशाह भनिने नसिम खानलाई कपिलवस्तु जिल्ला अदालतले सफाइ दिएको छ । अदालतले अभियोग दाबी नपुग्ने भन्दै बादशाहलाई सफाइ दिएको हो ।    उनीविरुद्ध ६ कर्तव्य ज्यान मुद्दामध्ये ५ वटामा अदालतले सफाइ दिइएको हो । एउटामा भने कसुर ठहर भएको छ, तर त्यसको फैसला भ...

पुरा पढ्नुहोस्

'विकनी किलर' शोभराजलाई रिहा गर्न नमिल्ने सर्वोच्चलाई सरकारको जवाफ 

२ हप्ता अगाडि

सरकारले विकनी किलर चार्ल्स गुरुमुख शोभराजले पुरा सजाय भुक्तान नगर्दासम्म रिहा गर्न नमिल्ने  लिखित जवाफ सर्वोच्च अदालतमा बुझाएको छ । शोभराजले प्रचलित कानून अनुसार ज्येष्ठ नागरिक भएकाले त्यो सुविधा दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा ७ पुसमा रिट निवेदन दर्ता गराएका थिए।    नागरिक...

पुरा पढ्नुहोस्

प्रहरीको भर्ना प्रक्रिया रोक्न सर्वोच्चको अल्पकालीन आदेश

२ हप्ता अगाडि

सर्वोच्च अदालतको आदेशपछि नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) को भर्ना प्रक्रिया रोकिएको छ । भर्ना प्रक्रियाविरुद्ध परेको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले भर्ना प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो ।    थारु कल्याणकारी सभाका...

पुरा पढ्नुहोस्